२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अस्पताल पुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुली सकेको थियो: टिचिङ हस्पिटल



२६ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा उनको आँखाको नानी फुली सकेको र जीवनसम्बन्धी कुनै चाल नभएको बताएको छ ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै राति १ बजेर ५० मिनेटमा उनलाई अस्पताल ल्याइएको र त्यतिबेला उनको आँखाको नानी फुली सकेको बताएको छ । साथै त्यसबेला जीवनसम्बन्धी कुनै चाल नभएको समेत बताएको छ ।

चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै चाल नदेखिएपछि बिहान ३ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ । नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ ।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेताहरू नेम्वाङलाई श्रद्धाञ्जलि दिन च्यासल पुगेका छन् । सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।