६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ब्रेक शुबाट ३०२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष, ५० जना प्रतिवादी



२७ भदौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्रिभुवन विमानस्थलबाट बरामद भएका ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ ।

सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ । त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिइन् ।

सीआईबीले प्रतिवादीमध्ये ३२ जना पक्राउ गरिसकेको छ भने १८ जना फरार रहेक छन् । पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन् । फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन् ।

यस्तै सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको सीआईबी प्रमुख बज्राचार्यले बताइन् । गत साउन २ गते ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो बढी सुन बरामद भएको थियो ।

सीआईबीले तस्करीमा संलग्नहरूलाई विभिन्न ७ कसुरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख गरेको छ । सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।