२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेम्वाङका दुवै छोराले दिए बुवालाई श्रद्धाञ्जली



२७ भदौ । संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष स्व.सुवास नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । नेपाल आएलगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार आइपुगेका हुन् । त्यस्तै, कान्छा छोरा सुहाङ पनि अस्ट्रेलियाबाट आइपुगेर दिवंगत बुबालाई श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।
उनीहरुले श्रद्धाञ्जली दिएपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवास लगिएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।