६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती



२८ भदौ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।बिहीबार पशुपति आर्यघाटमा नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेम्वाङलाई छोराहरू मिङ्सो र सुहाङले दागबत्ती दिएका छन् ।

त्यसलगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा नेम्वाङको पार्थिव शरीरमा ओढाएका थिए ।

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाटमा नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।