२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दिपक दिपाको हल आईएनआई हलले नेपाली चलचित्रका निर्मातालाई ५० प्रतिशत पैसा दिने



ललितखबर
२९ भदौं । राजधानीको बानेश्वरमा आजदेखि शुभारम्भ भएको आएनआई मल्टिप्लेक्स चेनले नेपाली चलचित्रका निर्मातालाई चलचित्र देखाए वापत टिकटको ५० प्रतिशत पैसा दिने घोषणा गरिएको छ ।
निर्माता, कलाकार तथा हल सञ्चालक दिपकराज गिरीले नेपाली चलचित्रका निर्मातालाई ५० प्रतिशत रकम दिने घोषणा गरे । उनले निर्माताहरुलाई हल सञ्चालकहरुले निर्मातालाई थोरै रकम दिने गरेको भन्दै असन्तुष्टि भइरहेको सन्दर्भमा आफ्नो समूहले नेपाली चलचित्रलाई विशेष सहयाग गर्ने बताए ।

नेपाली निर्माताहरुले हलले बचाउनु पर्ने र हलले पनि नेपाली चलचित्र क्षेत्र बचाउन सहयोग गर्नु पर्ने उनले बताए । चलेका नेपाली चलचित्रलाई अन्याय नहुने हल सञ्चालक गिरीले बताए ।

अभिनेता हरिबंश आचार्यले आफूहरुले गर्न नसकेको काम दिपक दिपाको समूहले गरेको भन्दै बधाई दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आफू चप्पल लगाएर उद्यम क्षेत्रमा प्रवेश गरेको सम्झदै कलाकार दिपक दिपा शुन्यबाट माथि उठेर हल मालिक बनेको भन्दै बधाई दिए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।