१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दर्शनार्थीका कारण गोकर्णेश्वर महादेव मन्दिर परिसर प्रदूषित



काठमाडौँ
२९ भदौ । भाद्र कृष्ण औँसीका अवसरमा बिहीबार गोकर्णेश्वर महादेव मन्दिर परिसर जम्मा भएका लाखौँ भक्तजनका कारण त्यस क्षेत्रमा जम्मा भएको फोहर अझै सफाइ हुन सकेको छैन ।

पर्वका अवसरमा भक्तजन आउनुका साथै त्यस क्षेत्रमा लागेको मेलाका कारण गोकर्णेश्वर मन्दिर क्षेत्रमा प्लाष्टिक झोलालगायत फोहर थुप्रिएको छ ।
फोहर शुक्रबार बेलुकीसम्म पनि नउठ्दा प्रदूषण फैलन थालेको स्थानीयवासी सुवास श्रेष्ठले गुनासो गरे । मन्दिर क्षेत्रको रेखदेखलगायत व्यवस्थापन गर्दै आएको गोकर्णेश्वर मन्दिर क्षेत्रले सफाइमा ध्यान नदिएको स्थानीयवासी एवं भक्तजनको गुनासो छ ।

समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका ४ का अध्यक्ष जयराम महत शुक्रबार बिहानैदेखि फोहर व्यवस्थापनमा लागिए पनि सबै काम भने नसकिएको बताउछन् । शनिबारसम्ममा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको गोकर्णेश्वर मन्दिर क्षेत्रलाई स्वच्छ एवं सुव्यवस्थित बनाइने समितिले जनाएको छ ।

बाबुको मुख हेर्ने दिन पिताको मृत्यु भइसकेका भक्तजन गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आएर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने सनातनदेखिको परम्परा छ । यसो गरेमा २१ कुलका पितृ तर्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ३ : ४७ बजे