१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु



२९ भदौं । राजधानीमा भएको दुई वटा छुटेटा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ६ पैयुटारस्थित सडकमा प्रदेश.३–०१–०२२ च १६३२ नम्बरको गाडीको ठक्करबाट साईकलयात्री काठमाडौं पैंयुटार बस्ने रसुवा उत्तरगया गाउँपालिका ५ घर भएका १५ वर्षीय रोनिस थापाको बिहीबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजंगजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका ३ स्थित सडकमा बा.७९ प ३४६४ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका ७ बस्ने ३० वर्षीय शिरिष कुमार सुबेदीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : २५ बजे