२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तिजको मौलिकता हराउदै



हिमरत्न तिमल्सिना
ललितपुर । हिन्दु नारीहरुको महान पर्व, तीज । पौराणीक कथन अनुसार हिमालयकी छोरी पार्वतीको विवाह महादेवसँग विवाह गर्न पाउ भन्दै कठोर तपस्यापछि विवाह भएको धार्मिक किम्बदन्ती अनुसार तिजको व्रत बसिन्छ ।

यही धार्मिक विश्वासका कारण हिन्दु नारीहरुले हरेक भाद्र शुक्ल तृतीयादेखि तिजको व्रत बस्छन विवाहित महिलाहरु पतिको दिर्घायुका लागि तिजको व्रत बस्छन् तर हिजोआज तिजका नाममा विकृति भित्री रहेको पाउंन सकिन्छ ।
हरितालिका तिज भाद्र शुक्ल तृतीयाका दिनदेखि सुरु हुने भएता पनि हिजोआज भने महिना दिन अगाडिदेखि तिजको दर खाने, नाचगान र भोजभत्तेर गर्ने विकृत चलन मौलाउंदै आएको छ । तीजका गीतमा मौलिकता हराउँदै जान थालेको छ ।
पहिले पहिले दिदि बहिनी भेला भएर नाचगान गरेर तीज मनाउने चलन थियो अहिले भने पर्वभन्दा अघि देखि नै तीजको नाम दिएर गीत बजाएर आधुनिक नृत्य गरिन्छ ।

पहिला तिजका गीतमा दुख सुखका भाव पाइन्थ्यो भने अहिलेका तिजका गीतमा मनोरञ्जन मात्र पाउंन सकिन्छ । अरुको देखासिकिमा तिजलाइ खर्चिलो र भड्किलो तरिकाले मनाउंने गरिएको पाइन्छ ।

महाङकाल गाउँ पालिका प्रमुख गणेश केसी आधुनिक तीज मनाउने प्रबृतीप्रति खुशी छैनन् ।उनी पछिल्लो पुस्ताले संस्कृति सभ्यता परम्परालाई जोगाउंन नसकेको, तिज शुक्ल तृतीयाका दिनदेखि दुई दिन मात्रै भएपनि एक महिना अगाडिदेखि संस्कार रहित तवरले अङग्रेजी गीत बजाएर मनाएको राम्रो नभएको बताउछन् ।
उनले मासु र वियरलगायतका पेय पदार्थ खांदै तास खेलेर महिनौं अगाडीदेखि कोठामा नाचेर तिजलाइ विकृतिका रुपमा मनाउन थालिएकोमा आपत्ति जनाए । उनी भन्छन्,‘तिजलाइ देखासिकिमा भन्दा पनि घांटि हेरी हाड निल्नु भनेझैं आफ्नो क्षमता अनुसार तिज मनाउन जरुरी छ ।’

महिला बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक अभियानता कमला घिमिरेले अहिलेका तिजका गीतमा मौलिकता हराउँदै गएकोमा चिन्तित छिन् । उनी पहिला दिदी बैनी तिजमा व्रत बसेर घर घरमा भेला भएर मादल बजाएर दुखका गीत गाउंदै नाचेर मनाउने गरिएको सम्झन्छिन् । अहिले स्पिकर बजाएर सार्वजनिक ठाउँमा तिज मनाउने गरिएको र तिजका गीतमा समाजलाई भड्काउने खालका शब्द प्रयोग भएकोले तिजको मौलिकता हराउंदै गएको दुखेसो पोखिन् ।

इन्दिरा सञ्जेल पनि अहिलेको फेरिएको संस्कृतिप्रति विमति जनाउंदै
तीज जस्तो पर्वलाइ भड्किलो बनाउन नहुने बताउछिन् । महङगा गर गहना लगाएर हिड्दा सामाजिक सुरक्षामा असर पर्ने तर्क गर्दै भन्छिन्, ‘तिजलाइ सभ्य र सहज तरीकाले मनाउन र तिज जस्तो महान पर्वलाइ जोगाउंन महिलाहरु नै सजग हुनुपर्ने पर्छ ।’

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।