२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



३० भदौ । सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको ज्यान गएको छ । मेलम्चीबाट बाह्रबिसे जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले घुमाउने डाँडामा ठक्कर दिँदा नवीन पाण्डे र समिर दोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुवै जना सिन्धुपाल्चोककै हुन् । उनीहरु सांगठनिक कामको लागि बाह्रबिसेबाट मेलम्ची जाँदै थिए । ज्यान गुमाएका नवीन पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र समिर तामाङ जिल्ला कमिटि सदस्य थिए । ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले समातेको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।