८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति मन्दिर वरपर मासु, मदिरा बिक्रि गर्न निषेध



३१ असोज । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ। उसले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको हो।

आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने ध्येयले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

‘हिन्दु नारीहरूको महान् चाड हरितालिका (तीज) पर्व आगामी २०८० असोज १ गते सोमबार पर्ने भएकोले सो पर्वलाई ध्यानमा राखी भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले देहायको चार किल्लाभित्र कसैले पनि मास. मंदिरा तथा नशालु पदार्थहरू उत्पादन बेचबिखन, ओसारपसार भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आगामी भदौ ३१ गतेदेखि नै लागू हुने गरी पूर्ण रूपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ।

पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्वको भाग तोकिएको छ। पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिमसम्मको भाग तोकिएको छ। उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तरको भाग तोकिएको छ। दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्मको भाग तोकिएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ३ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।