३१ भदौ । बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकैको पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति विस्फोट भएको छ । विस्फोटका कारण राजमार्गमा भ्वाङ परेको छ ।
द्वन्द्वकालीन माइन विष्फोट भएको आशंका प्रहरीको छ । घटनास्थलमा चुनाजस्तो धुलो र खिया लागेको तारको टुक्रा भेटिएको छ । आइतबार बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो ।
सडक भत्किएका कारण एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएका छन् ।
प्रतिक्रिया