३१ भदौ । काठमाडौं महाबौद्धको कपडा गोदाममा भएको आगलागीका कारण करिव एक करोडको कपडा लजलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार आइतबार विहान काठमाडौं महानगरपालिका २७ महाबौद्ध वटु गुच्चाटोलस्थित सोही महानगरपालिका २९ घट्टेकुलो बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका ६ घर भएका शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा भएको थियो ।
आगलागीपछि उपत्यकाका तीनै वटा दमकल स्टेशनहरुबाट दमकल बोलाएर आगो नियन्त्रण गरिएको थियो ।
प्रतिक्रिया