१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


यी १०३ प्रकारका औषधि उत्पादन र बिक्री गर्न राेक(सूचीसहित)



१ असोज । औषधि व्यवस्था विभागले नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको हो।

नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन्। १०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागको निर्णय छ।

हाल बजारमा रहेका त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ।

औषधि सल्लाहकार समितिको ५५ औँ बैठकले सिफारिस गरेपछि १८ भदौमा विभागले यस्तो निर्णय गरेको हो।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।