२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मदनकृष्ण श्रेष्ठसहित ११ कलाकारलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ प्रदान गरिने



१ असोज । चलचित्र विकास बोर्डले संविधान दिवस २०८० का अवसरमा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिसहित ११ जना कलाकारहरुलाई सम्मान गर्ने भएको छ।

बोर्डको आइतबार बसेको बैठकले उनीहरुलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार, २०८०’ प्रदान गरिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
मंगलबार बोर्डमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उनीहरुलाई पुरस्कार प्रदान गर्नेछिन्।

पुरस्कृत हुनेहरुमा कलाकार मदनकृष्ण श्रेष्ठ, विजयराज तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पडित तथा मीनबहादुर भाम रहेका छन्।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।