२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुबाका सपना पूरा गर्न लाग्नेछु : स्व नेम्वाङका छोरा सुहाङ



मङ्गलबारे
३ असोज ।   स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफू लागि पर्ने बताएका छन् ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको आयोजना तथा एमाले इलामको संयोजनमा गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उनले बुबाका अधुरा सपना पूरा गर्न लागि पर्ने बताएका छन् ।
बुबाको निधनले इलाम मात्र नभई सिङ्गो मुलुक नै शोकमा परेको उल्लेख गर्दै उनले सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको, पार्टीले तीन दिनसम्म शोकसहित आधा झण्डा झुकाएर बुबाप्रति सम्मान व्यक्त गरेको उनको भनाइ छ ।
इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण पनि सधैँ  इलामेलीको मस्तिष्कमा रही रहने उनको भनाइ थियो । आफ्ना बुबाले सधैँ निष्ठावान् राजनीति गर्नुभएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।