२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको भन्दै पाटन उच्च अदातलमा रिट दायर



काठमाडौँ
 ४ असोज । चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ ।
चलचित्र निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र मीनराज आचार्यले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाएर दायर गरिएको रिटमा राष्ट्रिय पुरस्कारमा निर्णायकले गरेको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्न पर्ने कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ । रिट दायर गरेका निर्देशक राउतले सर्वोत्कृष्ट चलचित्र घोषणा नगरिनु दुःखद् रहेको बताए ।
राउतले भने, “सर्वोत्कृष्ट विधामा चलचित्र घोषणा नगरिएको विषयमा धेरै चलचित्रकर्मी रुष्ट हुनुहुन्छ । हामी प्रतिनिधि झैँ भएर कारण जान्न रिट दिएका हौँ । किनकि हामी चुप रहँदा गलत परम्परा विकसित हुन्छ । कोही न कोही अगाडि आउनुपथ्र्याे, हामी आयौँ ।”
उनीद्वारा निर्देशित चलचित्र ‘प्रकाश’ राष्ट्रिय पुरस्कारका लागि सिफारिस भएको चर्चा निर्णायक समितिका एक सदस्यले गरेका थिए । यद्यपि निर्देशक राउतले रिट दायर गर्नुको कारण आफ्ना लागि नभई उक्त विधामा न्यायका लागि रहेको प्रस्ट्याए ।
निवेदकतर्फका कानून व्यवसायी रौनकराज अर्यालले शुक्रबार बिहान ११ बजे अदालतमा छलफलमा बोलाएको जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।