२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रवासीको कथामा आधारित चलचित्र ‘परदेशी २’ असोज २६ देखि प्रदर्शनमा आउने



काठमाडौँ
४ असोज । नारायण रायमाझीले निर्देशित चलचित्र ‘परदेशी २’ यही असोज २६ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको छ । गीतमा परदेशमा बसिरहेका नेपालीको पीडालाई देखाइएको छ ।

चलचित्रमा परदेशीको जीवन देखाइएको निर्देशक रायमाझीले जानकारी दिएका छन् । उनले भने, “हाम्रो समाजकै कथालाई पर्दामा ल्याएको छु । मेरा अघिल्ला चलचित्रझैँ यो पनि सामाजिक विषयवस्तुमै केन्द्रित छ ।” उनले चलचित्रका कलाकार मोफसल यात्रामार्फत दर्शकसँग भेटघाट गरिरहेको जानकारी दिए ।

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बाँस्तोलालगायत कलाकारले अभिनय गरेका छन् । यसै चलचित्रबाट गायक प्रकाश सपूतले अभिनयको सुरुआत गरेका छन् ।
चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।