४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


माछापोखरीमा बसले स्कुटरलाई ठक्कर दिँदा लक्ष्मीकुमारीको मृत्यु



५ असोज । बालाजुस्थित माछापोखरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका– १६ माछापोखरीमा बा२ख ६७२९ नम्बरको बसले स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो। बसले ठक्कर दिएपछि चालक फरार भएकाले स्कुटरको नम्बर खुल्न सकेको छैन। दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा परेको स्कुटर चालक किन भागे खुलेको छैन। फरार स्कुटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।