२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


छाँया सेन्टरको मुद्दा प्रभावित पार्न प्रर्दशन र विरोध कार्यक्रम गरियो : सुमन पाण्डे



ललितखबर
५ असोज । काठमाडौंको ठमेलमा निर्माण भएको छाँया सेन्टरको जग्गा विवादको मुद्दा प्रभावित गर्न अभियन्ताहरुले निरन्तर प्रयास गरेको भन्दै व्यावसायी तथा छायाँ सेन्टरका प्रोमोटर सुमन पाण्डेले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले आगामी आइतबार सर्वोच्चमा मुद्दाको पेशी रहेको अवस्थामा शुक्रबार राजधानीमा विरोध कार्यक्रम गरेर मुद्दा हेर्ने न्यायाधिशलाई दबाब दिने प्रयास गरेको भन्दै स्वतन्त्र न्यायालयलाई यसरी दबाब दिनु संविधान विपरित भएको भन्द राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर खेद प्रकट गरे ।
उनले भने, ‘मुद्दाको सुनुवाई हुने बेलामा अभियन्ताहरुले सधै यसो गर्छन् । सर्वोच्चमा मुद्दा हेर्ने दिन माइतीघर मण्डलामा प्रर्दशन गरिन्छ । उनले प्रतिप्रश्न गरे, ‘के स्वतन्त्र न्यायालयलाई यसरी दबाबमा राख्न पाइन्छ ?’


व्यावसायी पाण्डेले आफूहरु जग्गाको सातौं खरिदकर्ता भएको र जग्गाको प्रमाणित कागज हेरेर किनेको बताए । उनले भने, ‘भवन बैधानिक लालपूर्जामा निर्माण छ । हामीले गोरखशम्सेर राणा र अन्नपूर्ण राणालगायतसँग किनेर सबै बैधानिक प्रकृया पुरा गरेर निर्माण गरेका हौं ।’
उनले सवोच्चको अन्तिम फौसला मान्न तयार रहेको र अभियन्ताको अनावश्यक दबाब मान्य नभएको उनको तर्क छ ।
अभियन्ताहरुले गैरकानूनी रुपमा छाँयादेवि सेन्टरमा हुने कार्यक्रममा अतिथिहरुलाई सहभागी नहुन दबाब दिदै कालोझण्डा देखाउने धम्की दिने गरेको, विवादित जग्गामा भवन बनेको भन्दै भाडावालालाई नबस्न दबाब दिएको मल्टीनेश्नलकम्पनीहरुलाई चिठी लेखेर व्यावसाय गर्न बाधा पु¥याएको बताए ।
उनले भने, ‘हामीलाई व्यावसाय गर्न सरसरले सुरक्षा दिएन ।’
स्वार्थ समूह अभियन्ताको नाममा दुःख दिइरहेको भन्दै पाण्डेले ठमेलका सारोकारवालाभन्दा पनि राजधानीका विभिन्न ठाँउका व्यक्तिहरु संलग्न भई विरोध गरेको उनको दावी छ । मुद्दा प्रभावित पार्न संचारमाध्यमहरुले समेत भूमिका खेलेको उनको आरोप छ ।
शुक्रबार सम्पदापे्रमी समाज नेपालले इन्द्रचोकबाट ¥याली आयोजना गरेर छाँया सेन्टरमा कोणसभा गर्दैछ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।