१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री उषा रजकको आरोप,‘अनुप वरालको एक्टर्स स्टुटियो दुषित ठाँउ’



५ असोज । अभिनेत्री उषा रकजले निर्देशक अनुप वरालको एक्टर्स स्टुटियोलाई दुषित ठाँउ भएको आरोप लगाएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै निर्देशक अनुप बरालले १९ बर्षअघि आफू कागबनी चलचित्रमा कास्ट भएपनि अभिनेत्री दिया मास्केलाई रातारात लिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्,‘१७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो, अहिले पनि त्यही कुरिती कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको पारीभाषा यस्तो छैन ।’

ऋभिनेत्री रजकले त्यो बेला आँट बटुलेर निर्देशक बराललाई प्रश्न गर्दा डिनर जाने कुरा प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको खुललाएकी छिन् । ‘१९ बर्षकी शायद मैले बुझिन, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिँन, हो म अलिकति त कातर नै हो’, उनले उल्येख गरेकी छिन् ।
अभिनेत्री रजकले निर्देशक बराललाई गम्भिर आरोप लगाउदै पछाडि पछाडि यो कुरा भनेको सुनेको तर बिरालोको घाँटीमा कसले धन्टी बान्ने? भन्दै प्रश्न तेस्याइकी छिन् । उनले
अझै पनि धेरै जसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुने र अझैपनि कलाकार आशा लिएर अडिसनमा त्यो दुषित ठाउँमा जानको गरेको बताएकी छिन् । उनले लेखेकी छिन्,‘ठिकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल ।’
इस्तो छ उनको स्टाटस

को पहिलो ब्याचको विद्यार्थी म । १७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो, अहिले पनि त्यही कुरिती कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको पारीभाषा यस्तो छैन ।
२००६ः एक्टर्स स्टुडियोको ट्रेनिङ बज्र होटेलमा हुन्थ्यो । त्यहाँ भुषण दाहाल र टिम कास्टिङको लागि आएका थिए, पूजा गुरुङ, शिवानी सिंह थारु, दिया मास्के, म, आशा मङ्राती थियौं अडिसनमा । कुरा “कागबेनी”, नेपालको पहिलो डिजिटल फिल्मको । त्यो फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे । (यो कुरा फिल्मको २ प्रमुख पाटोले भन्नु भएको मलाई) तर राता रात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ ।
यो कुराको न त मसँग प्रूफ छ, न त आज भुषण दाईले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो । दाईको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे ।
किन अहिले मात्र बोलिएको त उषा? ः त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ बर्षकी शायद मैले बुझिन, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिँन, हो म अलिकति त कातर नै हो ।
कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर‘एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनु भन्दा ”लभउयतष्कm”, “ाबखयचष्कतष्m” किन? मैले एक्टर्स स्टुडियोका धेरै विद्यार्थीले पछाडि–पछाडि यो कुरा भनेको सुनेको छु । तर बिरालोको घाँटीमा कसले धन्टी बान्ने?
अझै पनि धेरै जसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुन्छ, अझैपनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दुषित ठाउँमा । ठिकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल ।
यति भन्दा भन्दै, मलाई कसै प्रति रीश छैन । अनुप सरबाट धेरै राम्रो कुरा पनि सिकेकी छु, दिया आफैमा सक्षम अभिनेत्री हुन्, र यो संसार यस्तै हो, अनि मै होलाः कला आध्यत्म हो, यसलाई चोखो राख्नुपर्छ भन्ने बुद्धु ।
यति भन्दा भन्दै, मैले कसै माथि कुनै बेला जानी–नजानी अन्याय, धोका, अपमान गरेकी छु भनी भन्नुहोला । सच्याउने मौका सबैले पाउनुपर्छ । शायद यो सबै भन्ने म गलत पनि होला ।
अनि के, कला क्षेत्र सबै यस्तै हो, प्रदुषित? नो, हैन । धेरै राम्रा गुरुहरु भेटें, निस्पक्षिय कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु ।
कुरा प्रकाश फिल्मको ः चलचित्र अवार्ड प्रति मेरो आस्था छ । एकदिन मेरो मिहेनत पुगेको, भाग्य खोलेको दिन मैले पनि पाउने अठोट लिएकी छु । हिजो आर्टिकल पढेंः बेस्ट फिल्म अवार्ड हराएको रहेछ । फिल्म एकदम राम्रो छ, अवार्ड लायक । यसरी पुरस्कार गायब गरिएको बारे घोर निन्दा गर्दछु । चाँडै न्याय पाइयोस् भन्ने माग गर्दछु । परेमा अझै साथ दिइनेछ । किनकी अन्याय भोगेकी म र अन्य धेरैलाई थाहा छ, कति पोल्छ, दुःख हुन्छ भनेर । सबैको भलो होस्! जय नेपाली सिनेमा!

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ५८ बजे