२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकार र शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता



५ असोज । आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा भएको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

वार्तामा बसेका दुवै पक्षबीच सहमति भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सहमतिका बुँदाहरू केहीबेरमा सार्वजनिक गरिनेछन् ।

सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले असोज ३ गतेदेखि काठमाण्डु केन्द्रित आन्दोलन गरिरहेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।