१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा नियन्त्रणमा लिइएका १७ जना रिहा



काठमाडौँ
५ असोज । सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले अहिले छोडेको छ ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई निएन्त्रणमा लिइएको र अहिले भरखरै सबैलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिएका हुन् ।

उनका अनुसार नियन्त्रणमा लिएकामा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरु सबैलाई अहिले सिंहदरबार वृत्तबाट छाडिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : १६ बजे