काठमाडौं
५ असोज । चलचित्र ‘मायावी’मा एक्सन तथा चलचित्र निर्देशक चन्द्र पन्त निर्माताका रुपमा अनुबन्धित भएका छन् ।
अभिनेता राज कटुवाल पनि यस चलचित्रको निर्माता हुन् । चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत रहेका राजले चलचित्र ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् ।
निर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित यस चलचित्रको छायाकंन गर्ने तयारीसँगै टिम निर्माणसँगै कलाकारहरु छायाकंन स्थल मुस्ताङ पुगेका छन् ।
झण्डै दुई दर्जन बढी चलचित्रमा द्वन्द्व निर्देशकका रुपमा काम गरिसकेका चन्द्रले भोजपुरी चलचित्र ‘निरहुवा चलल लण्डन’मार्फत निर्देशनमा पाइला चालेका थिए । उनले निर्देशन गरेको नेपाली चलचित्र ‘माही’ हो भने हाल छायांकन चरणमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’मा पनि चन्द्रकै निर्देशन हेर्न सकिन्छ ।
प्रेमकथा रहने यस चलचित्रका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन्, भने अर्की मुख्य अभिनेत्रीका रुपमा करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै चलचित्रमार्फत रजतपटमा कमव्याक गर्दैछन् यसै चलचित्रमार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।
चलचित्र ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले ‘लभ सब’ र ‘बाबु कान्छा’ पछि कुनै पनि चलचित्रमा अभिनय नगरेर लामो समयपछि ‘मायावी’बाट चलचित्रमा कमव्याक गर्न लागेकी हुन् ।
यस्तै, यसै चलचित्रको एक मुख्य पात्रको रुपमा केही दिन अघि अभिनेता प्रशान्त ताम्राकार पनि अनुबन्धित भएका छन् । उनको भूमिका बारे निर्माण टिमले कुनै जानकारी खुलाएको छैन ।
क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् ।
फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ । पोखराकै परिवेशमा रहेर यो चलचित्रको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।
चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।
प्रतिक्रिया