५ भदौं । सिंहदरवारअगाडि फोटोपत्रकारहरुमाथि आक्रमण भएको छ । विद्यालय शिक्षासम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्ययकको विरोधमा निषेधित क्षेत्र तोड्दै नेकपा माओवादी बैद्य समूहका कार्यकर्ताले सिंहदरवार प्रवेश गर्ने क्रममा प्रहरीबाट फोटोपत्रकारहरु सरोज बैजु र उमेश कार्की टिभि पत्रकार विनोद कटुवाल र दामोदर सापकोटामाथि हातपात एवं र्दुव्याहार गरेका छन् ।
फोटोपत्रकार क्लवको विरोध
फोटोपत्रकार तथा टिभि पत्रकारहरुमाथि भएको आक्रमणको फोटोपत्रकार क्लवले निन्दा गरेको छ । फोटोपत्रकारहरुको हक हितका लागि संगठित संस्थाका प्रवक्ता विकाश द्वारेद्वारा प्रकाशित विज्ञप्तीमा यस्तो गल्ती फेरि नगर्न आग्रह गरिएको छ ।







प्रतिक्रिया