२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सयपत्री फूलबाट बाह्रै महिना आम्दानी



झापा
६ असोज । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।  यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका ९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।
विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् ।
उनले मेचीनगर नगरपालिका ९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका ६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्र्दै आएका छन् । तीमध्ये मेचीनगरमा लगाइएको फूल ढकमक्क फुलेर धमाधम बिक्री भइरहेको छ । उनको बारीमा फुलेको सयपत्री फूल खरिदका लागि विर्तामोड, धुलाबारी र काँकरभिट्टाका सङ्घसंस्था धेरै आउने गरेका छन् । बाह्रै महिना सयपत्री फूलको उपलब्धता हुने भएपछि जिल्लामा हुने अधिकांश सभा समारोहमा त्यही प्रयोग हुन थालेको उनले बताए । उनले अग्रिम फूलका अर्डर गर्ने संस्थासंस्थाको कार्यक्रमस्थलमै माला पु¥याउने व्यवस्था मिलाइएको जानकारी दिए ।
“सयपत्री फूल फुल्न सिजन चाहिँदैन”, उनले भने, “गर्दा बाह्रैमास हुन्छ । व्यावसायिक रुपमा गरिरहेको छु, आम्दानी पनि भइरहेको छ ।” उनले उत्पादन गर्न सके बजारको समस्या नहुने बताए । उनको बारीमा फुलेको सयपत्री फूलप्रति माला रु ५० का दरले बिक्री हुने गरेको बताए । सयपत्री फूलको खेतीबाट थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ ।
जिल्लामा विगतका वर्षमा चाडपर्वलाई मात्रै लक्षित गरेर सयपत्रीको फूल उत्पादन गर्ने गरिएको थियो । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगत रुपमा फूलको व्यावसायिक खेती हुने गरेको हो । मेचीनगर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक विगाह जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलको खेती लगाएका छन् ।
स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अनुदानमा लगानी गर्ने हो भने फूलको परनिर्भरतालाई हटाउन सकिने उनको बुभाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : ३७ बजे