२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सतुङ्गलको चप्पल कारखानामा आगलागी, ९३ लाख बढीको क्षति



६ असोज । काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ।

गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब ९३ लाख २० हजार बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए।

यसैगरी गए राति नै काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।