१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको तारकेश्वर र नैकापमा श्रृखलाबद्ध चोरी



काठमाडौं
६ असोज । राजधानीको तारकेश्वर र नैकापमा श्रृखलाबद्ध चोरी भएको छ ।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका ३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई सुनका गरगहना र नगद समेत गरी करिब १ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।
यसैगरी चन्द्रागिरी नगरपालिका १४ नैकाप प्रगति संगम टोल बस्ने सुजित श्रेष्ठको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, बिदेशी मुद्रा, नेपाली रुपैयाँ समेत गरी करिब ३७ लाख ४५ हजार १ सय ५० रूपैयाँ बराबरको धनमाल चोरी भएको जानकारी गएराति प्राप्त भएको छ ।
प्रहरीले चोरीको घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १ : ५३ बजे