१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आर्कषण बढ्दै



काठमाडौँ
७ असोज । काठमाडौं महानगरका सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुको आर्कषण बढेको छ ।
महानगरको विभागका प्रमुख सीताराम कोइरालाका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेकाले सञ्चालनमा रहेका विद्यालयलाई थप गुणस्तरीय बनाउन लागिएका छ ।
कोइरालाका अनुसार सञ्चालनमा रहेका केही सामुदायिक विद्यालयमा अहिले नै विद्यार्थी थेगिनसक्नु छ । त्यहाँ नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि स्थान छैन । पछिल्लो समय निजी छोडेर सामुदायिकमा आउने विद्यार्थी बढी रहेको पनि महानगरले जानकारी दिएको छ ।

महानगरले सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्न लागेको जनाएको छ ।
अहिले महानगरमा ८९ समुदायिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय रहेका छन् । त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ । त्यस्तै
त्यस्तै महानगरले चालु आवदेखि नै एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयलाई सधैँ सुन्दर र हराभरा बनाइराख्न महानगरले रु पाँच करोड विनियोजन गरेको छ ।

कम विद्यार्थी सङ्ख्या भएको विद्यालयमा कसरी बढाउने, भौतिक संरचना आकर्षण र राम्रो बनाउने, आवश्यकताअनुसार शिक्षक दिने र थप गुणस्तर बढाउने काम गर्नु तत्काल महानगरको लक्ष्य रहेको बताइएको छ ।

सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलान
काठमडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ ।

महानगर शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या बढी शिक्षक कम, कुनैमा शिक्षक बढी विद्यार्थी कम रहेकाले विद्यार्थी सङ्ख्या र आवश्यकताका आधारमा दरबन्दी मिलान गर्न लागिएको जनाएको छ ।
विभागका प्रमुख सीताराम कोइरालाले दरबन्दी मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका छन् । उनले भने, “अहिले विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयले थप दरबन्दी माग गरेका छन् त्यस्ता विद्यालयलाई दरबन्दी मिलान गर्दा दिने प्रयास गरिने छ ।”

यदि वास्तवमै शिक्षक आवश्यक हो भने मिलानका क्रममा दरबन्दी दिन नसके पनि त्यो बराबरको अनुदान रकम दिएर भए पनि आवश्यकता पूरा गर्ने उनले जानकारी दिए । हाल महानगरमा प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र महानगरको शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधानअनुरूप विद्यालय सञ्चालनमा छन् ।

 

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ३ : ३८ बजे