२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानसेनापति शर्मा भारत प्रस्थान



काठमाडौँ
७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नुपूर्व आजै प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति असोज ११ गते स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।