३ माघ २०८१, बिहिबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जवलाखेलको फुटवल मैदानमा प्रशिक्षण रोकेर जुत्ताको व्यापार, खेलाडीलाई मर्का



ललितखबर
८ असोज । ललितपुरको जावलाखेलस्थित खेल मैदानमा व्यापारीको आँखा लागेको छ । फुटवलको बृत्ति विकाशमा कोसेढुंगा सावित होस भन्ने हेतुले सार्वजनिक जग्गा व्यवस्थापन गर्दै आएको जावलाखेल फुटवल क्लवले जुत्ता व्यापारीहरुलाई दशैं मेलाका लागि भन्दै हप्तौंसम्म व्यापार गर्न दिएको छ ।
विभिन्न जुत्ता कम्पनीहरुले दशैं मेला भन्दै बजारमा बिक्रि नभई फिर्ता आएका जुत्ताहरु मेलामा राख्न लागेका हुन् । नेपाली जुत्ता चप्पल कम्पनीहरुले बजारबाट उठाएका जुत्ताहरु यस्ता मेला आयोजना गरेर सस्तोमा बिक्रि गर्ने गरेका छन् ।
यही असोज १० गतेदेखि कार्तिक ३ गतेसम्म झण्डै एक महिनासम्म खेल मैदान व्यापारीहरुले जुत्ता बेच्ने ठाँउको रुपमा प्रयोग गर्न लागेका हुन् ।
राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक मन्दीका कारण देश अप्ठ्यारोमा पर्न लागेको बेला अर्थतन्त्रलाई चलायमान बनाउन मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
एक फुटवल खेलाडीले भने फुटवल खेल प्रशिक्षण गर्ने ठाँउमा व्यापार गर्नु नाजयज भएको ललितखबरसँग बताए । उनले भने, खेल मैदानमा व्यापारीको आँखा लागेको छ । फुटवल विकाशका लागि खेल मैदान प्रयोग हुनु पर्नेमा जुत्ता बेच्ने स्थल बनाइएको छ । यो राम्रो भएन ।
सार्वजनिक स्थललाई एक दुई दिन प्रर्दशनी गर्नुसम्म ठिकै भएको तर महिान दिनसम्म फुटवल प्रशिक्षण रोकेर व्यापारिक स्थल बनाउनु राम्रो नभएको उनको भनाई छ ।
यस अघि पनि व्यापारीहरुले मैदान भाडामा लिएर जुत्ता मेला गरेका थिए भने मैदानमा हरेक तिहारताका गोदावरी फूलको महोत्सव हुँदै आएको थियो ।

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ५७ बजे