काठमाडौं । सरकारसँग भएको सहमतिमा अमान्य रहेको भन्दै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । राहत शिक्षकहरुले सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका हुन् ।
सरकारसँगको सहमतिमा आफ्ना एजेण्डा सुनुवाइ नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सोमबार नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने आफूहरूको माग रहेको उनीहरूको माग छ ।
प्रतिक्रिया