१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख भन्दा धेरै धनमाल चोरी



काठमाडौँ
८ असोज । चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् ।
प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौँ, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् । प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरु बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायबमहानिरीक्षक कुवेर कडायतले काठमाडौँको घट्टेकुलो चोक नजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरको गठ्ठाघरस्थित अरनीको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको भएको बताएका छन् ।

उनका अनुसार बज्राचायको घरबाट नगद रु एक लाख ६० हजार, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब रु छ लाख ६६ हजार, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब रु एक लाख सात हजार तथा चित्रकारको कोठाबाट करिब रु नौँ लाख ६५ हजार सातसय बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले सामानहरु चोरी गरी हाल फरार भएका व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मेला, पर्व तथा चाडवाड नजिकिदै गएकाले चोरी गर्नेहरु सक्रिए हुने हुँदा आवश्यक सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : ४९ बजे