१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गायिका ज्योति मगरले आज इमाडोलको महोत्सवमा स्टेज तताउदै



९ असोज । गायिका ज्योति मगरले आज इमाडोलस्थित महालक्ष्मी व्यापार, पर्यटन एवं सास्कृतिक महोत्सवमा दर्शक नचाउने भएकी छिन् । आयोजक संस्था संगीतकर्मी संघ ललितपुरका अध्यक्ष सुवास महतका अनुसार आज साँझ गायिका मगर,गायक नवराज ढुंगाना, राजेन्द्र दुधराज,गायिका सुनिता मगरसँगै डान्सर सविना गदालको नृत्य समेत हेर्न पाइने भएको छ ।
हरेक दिन सास्कृतिक कार्यक्रम आयोजना हुँदै आएको महोत्सवमा डोन्जी सिस्टर ग्रुपको नृत्य समेत रहनेछ । गत असोज २२ गतेबाट सुरु महोत्सव भोलि बुधबार समापन हुँदैछ ।
अध्यक्ष महतले महोत्सवमा दर्शकको भीड रहेको र महालक्ष्मी नगरपालिकामा आयोजित कार्यक्रम सफल रहेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ४० बजे