९ असोज । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको प्रकरणमा नेपाल र भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग गरेको हो ।
सर्वोच्चले नेपाल र भट्टराईमाथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।







प्रतिक्रिया