९ असोज । न्यु लुक मिस एन्ड मिसेस युनिभर्सलको सिजन २ को ताज सुष्मिता सुवेदीले जितेका छिन् । फस्ट रनरअपमा एलिना श्रेष्ठ र सेकेन्ड रनरअपमा तिला राणाले जितेका छन । त्यस्तै मिस तर्फको ताक दिया भट्टराईले पाइन् भने फस्ट रनरअप प्रशंसा पोखरेल छिन । सेकेन्डमा कमला श्रेष्ठले आफ्नो पोल्टामा पारेकी छिन् ।
स्पार्कल इनटरटेर्मेन्टको आयोजनामा सम्पन्न प्रतियोगिताका जजहरुमा पुर्व मिस नेपाल उषा खड्गी , संजय खतिवडा ,गायक ओम सुनार, न्युलुकको अध्यक्ष बिश्वकरण जैन र नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता निता सापकोटा थिए ।
मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहेको छिन् । जस्मा टाइटल स्पोन्सर न्युलुक , एभिएसन ट्रेनिङ पार्टनरमा एयर होस्टेज एन्ड एयरपोर्ट ग्राउन्ड कृउ , हेयर वोइल पार्टनरमा श्री केश जडिबुटी ,एजुकेशन पार्टनरमा काठमाडौं वर्ड स्कुल रहेको छ ।
राजधानीमा आयोजित प्रतियोगिता मिस एन्ड मिसेस गरि १५ जना प्रतिस्पर्धी रहेका थिए ।
प्रतिक्रिया