९ असोज । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छिन् ।
आफू आमा बन्न लागेको समाचार उनले सामाजिक सञ्जालमार्फत साँकेतिक ढंगले दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्,‘भबिष्य पनि गजबको उपहार हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।“बलराम शाही ठकुरी ।’
गत वर्ष प्रेमी बलराम शाहीसँग पहिलो सन्तानलाई जन्म दिंदैछिन् । आगामी फागुन चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् ।
गर्भवती अवस्थामै अभिनेत्री रेखा आजकल एक्सन दृश्य रहेको चलचित्र ‘उपहार’को छायांकन गरिरहेकी छन् । उनको चलचित्र ‘उपहार’का बैशाखमा प्रर्दशन गर्ने गरि छायाँकन भइरहेको छ । जुन समय उनी सुत्केरी हुनेछिन् ।
प्रतिक्रिया