२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिकित्सकमाथि आक्रमण गर्दा हुने सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस गरिने



१० असोज । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धीको व्यवस्थाबारे सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सूचना टाँस गरिने भएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टास्ने निर्णय बुधबार गरेको हो।

उक्त विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले आन्दोलनमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई काममा निरन्तरता दिनका लागि आग्रह गरेको छ।

गृह मन्त्रालयले पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि भएका दुव्र्यवहारका घटनाहरुम संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

हेर्नुहोस् विज्ञप्ति :

 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।