१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको पिङलास्थान र भक्तपुरको दधिकोटमा एक एक जना मृत फेला



१० असोज । काठमाडौंको पिङलास्थान र भक्तपुरको दधिकोटमा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ पिङलास्थानस्थित पशुपति प्लाजा होटलको कोठामा भारत आन्द्र प्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाईडो बुधबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालका ४ दधिकोट दक्षिणबाराही नयाँबस्ती डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ७ दाप्चा घर भएका ५० वर्षीय रामकृष्ण श्रेष्ठ आफ्नै कोठामा मंलगबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : १५ बजे