८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको पसलहरुमा सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ



काठमाडौं
१० असोज । काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानहरुमा सुन किन्ने बाहानामा चोरी गर्ने चार जना युवकहरु पक्राउ परेका छन् ।
स्कुटरको प्रयोग गरेर सुन चोरेको आरापमा पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका ९ घर भई काठमाडौं ढुङ्गेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका ४ पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोट बेलकोटगढी नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका १६ नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र बिक र भारत महाराष्ट्र घर भई काठमाडौं माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् । प्र्रहरीका अनुसार पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेको घटनामा उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अन्य २ जनालाई सोमबार पक्राउ गरेको हो ।
उनीहरूमध्ये रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र वीरेन्द्र तथा हनुमन्त चोरी गरेको सुनका गहना खदिद गर्ने व्यक्ति रहेको खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।