२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिताबाटै महिलाको शव नियन्त्रण



११ असोज । सर्लाहीमा जलाउन लागिएको अवस्थामा एक महिलाको शव चिताबाटै नियन्त्रणमा लिइएको छ भने ती महिलामा पतिसहित ती जनालाई प्रहरीले समातेकाे छ। समातिनेमा पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबु रहेको जनाइएको छ।

महिलाको मृत्यु शंकास्पद देखिएकाले घाटबाटै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हाे। जलाउन तयार गरिएकाे शव सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी पत्नी २१ वर्षीया मनीषा साहको हाे। बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन तयार गरिएको अवस्थामा मनीषाको शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

छारे रोगकी बिरामी मनीषाले आत्महत्या गरेको दाबी उनका पति लगायत पिरवारका सदस्यले गरे पनि कानुनी प्रक्रिया पूरा गरेको नदेखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पासो लगाएर आत्महत्या गरेको जस्तो देखिए पनि संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मनीषाको घाँटीमा नीलडाम देखिएको र थप विवरण पोस्टमार्टमपछि आउने प्रहरीले जनाएको छ।

कसैले आत्महत्या गरेमा प्रहरीलाई जानकारी गरी कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन पाइँदैन। तर मनीषाको शव जलाउन खोजिएकाे अवस्थामा प्रहरी घाटमै पुगेको हो। शव पोस्टमार्टमका मलंगवास्थित शव गृहमा राखिएको छ। मनीषाकाे माइत सर्लाहीकै कविलासी गाउँपालिका–३ मा पर्छ। उनकाे केही वर्षअघि सुनिलसँग विवाह भएको थियाे। सुनिलसहित परिवारका अन्य सदस्यले मिलेर मनीषाकाे हत्या गरेको आरोप माइती पक्षकाे छ।

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।