२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इन्द्रजात्रा हेर्न पैदल हिँडेरै वसन्तपुर पुगे भीभीआईपी



११ असोज । काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगेका छन्। काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन्।

महानगरले असारदेखि महिनाअघि सम्पदा क्षेत्रमा सवारीसाधन चल्न रोक लगाएको छ। यसअघि इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरेपनि यसपटक भने भीभीआईपीहरू नै हिँडेर इन्द्रजात्रा हेर्न पुगेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका हुन्। उनीहरू न्युरोडको जुद्धशम्शेरको शालिकदेखि गद्दी बैठकसम्म हिँडेर पुगेका थिए।

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।