२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जडीबुटी बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश



१२ असोज । उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडीबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ। न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई अल्पकालिन अन्तरिम आदेश दिएको हो।

‘उल्लेखित छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदक कम्पनीले बसपार्क संचालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालिन अन्तरिम आदेश गरिदिएको छ,’ आदेशमा भनिएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।