४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भ्वाइस अफ नेपालको घुम्ने कुर्सीमा मिलन नेवार चढिन्, बुलेटको लाजमर्दो चर्चा



काठमाडौं
१३ असोज । साँगेतिक रियालिटी शो भ्वाइस अफ नेपालको पहिलो भागमा जजहरुले लाजमर्दो व्यावहार देखाएका छन् ।
जजको रुपमा भ्वाइस अफ नेपालमा सहभागी गायिका नेवार प्रतिश्पर्धामा सिक्किम नाम्चेबाट सहभागी हुन आएका विवेक बस्नेत गीत गाइरहदा कुर्सीमा चडिन् । अनि उनले लगाएको बुटले नै घण्टी बजाएर कुर्सी घुमेकी छिन् । जुन हेर्दा नै अमर्यादित देखिन्थ्यो ।
रियालिटी शोको कुर्सीलाई गायिका नेवारले इज्जत गर्न नजानेको सहभागीहरुले मुखामुख गर्दै आयोजना गरेको गरेका छन् । उनले आफू बसेको कुर्सीको इज्जत नगरेको प्रतिश्पर्धीलाई आफ्नो क्याम्पमा तान्न गरेको हर्कत लाजमर्दो देखिन्थ्यो । गायिका नेवारसँग अर्का प्रतिश्पर्धी उदय सोताङ पनि घुमेका थिए ।
उनीसँगै प्रमोद खरेल पनि गीतको अन्ततिर कुर्सी घुमाएका थिए । प्रतिश्पर्धी राजेश पायल राई भने घुमेनन् । उनले इन्जोय गरिरहेको बताएका थिए ।

प्रतिश्पर्धी विवेकसँग कुरा गर्ने क्रममा बीच बचिमा कुरा काट्दै जर्ज नेवार हावी भएन् । तर प्रतिश्पर्धी विवेक भने जज उदय सोताङको क्याम्पमा गए । विवेक सोताङको क्याम्प गएपछि उनको नयाँ फुर्ति देखियो । जज राईले सोताङले नयाँ जोगीले धेरै खरानी घसेको भन्दै अर्को झगडा विउ रोपे ।
कार्यक्रममा बुलेटको चर्चा पनि लाजमर्दो थियो । जज सोताङले बुलेट भन्दै हातले इसारा गरेपछि अर्का जज राजेशपायल राईले आपत्ती जनाए । उनले नारीको अगाडि हातको इसारा अर्को पल्ट नगर्न भने । तर सोताङले संगीतको बुलेट भन्दै स्प्रष्टिकरण दिए । बुलेटको चर्चा बढ्न थालेपछि जज मिलन नेवारले दुबै हातले कान थुनेको दृश्य देखिएको थियो । अर्का जज प्रमोद खरेलले दह्रै झगडा प¥यो भन्दै उस्काए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।