काठमाडौं
१४ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।
मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएसँगै निगमको सञ्चालक समितिले गरेको मूल्यबृद्धि फिर्ता हुने भएको हो ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
आयल नियमले स्वचालित मूल्य अनुसार मूल्यबृद्धि गरेको थियो । भारतीय आयल नियमले बढाएर पठाएपछि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने गरेको छ ।
प्रतिक्रिया