१४ असोज । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा डाक्टरमाथि कुटपिट भएको छ। आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया