ललित खबर, १४ असोज । नायिका करिस्मा मानन्धरले कुनै विवाद, असमझदारीलाई अपराधको नाम दिइहाल्न नमिल्ने बताएकी छन् । अभिनेता अनमोल केसी प्रहरी हिरासतमा परेको विषयलाई उल्लेख गर्दै उनले भनेकी छन्, ‘एउटा मानिसले आफ्नो सफल स्थान बनाउन कत्रो मेहनत गरेको हुन्छ । सम्झौता पत्र हस्ताक्षर नगरेको छ भने जसरी मौखिक समझदारी भएको थियो प्रोजेक्ट चित्तबुझ्दो नलागेमा तेसैगरी, त्यो रकम फिर्ता गर्न पाइन्छ, ठूलो कुरा नै थिएन ।’
यस्तै उनले यसको समाधान गर्ने पहिलो चरण भनेको योसँग सम्बन्धित संघसंस्था नै रहेको बताएकी छन् । यस्तै उनले यस्तौ अतिरन्जित गरेर जेल, मुद्दामामिला गर्नुपर्ने विषय नभएको बताएकी छन् । उनले भनेकी छन्, ‘अनमोल शालिन बच्चा हो , यस्तो Deserveगर्दैन । यस्तो घटनाले समग्र चलचित्र क्षेत्रलाई नोक्सान हुन्छ ।’
शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका अनमोल केसीलाई जिल्ला अदालत काठमाडौंले आइतबारसम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको छ ।
प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो। अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ। तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।
उनी काभ्रेको साँगाबाट शुक्रबार साँझ पक्राउ परेका थिए। पक्राउ परेलगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पु¥याइएपनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए।
प्रतिक्रिया