१४ असोज । नेपाली रजतपटका चर्चित अभिनेता अनमोल केसीले निर्माणाधिन चलचित्र रामायणको लागि दश लाख पैसा लिएर चलचित्रमा अभिनय नगर्दा घाटा लागेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएपछि गत शुक्रबार अभिनेता केसी पक्राउ परे ।
मौखिक सहमतपछि चलचित्र खेल्ने मञ्जुरी दिएका शाहले अन्नतः स्क्रिप्ट चित्त नबुझेको भन्दै चलचित्र छोडेपछि विवाद बल्झिएको हो । निर्देशक सुर्दशनले प्रहरी कार्यालय गुहारेसँगै सिने जगतमा बहस प्रारम्भ भयो ।
लिखित प्रमाणको आधार नभएपछि सञ्चारजगतसँगै सामाजिक सञ्जाल र सञ्चार माध्यममा सोही अनुसारको समाचार प्रकाशन भएसँगै उजुरी दिने निर्देशकको चर्को आलोचना भयो । प्रहरीले पनि प्रारम्भिक अनुसन्धानपछि आवश्यक परेको बेला उपस्थित हुने लचिलो शर्त सहित आजै अभिनेता केसीलाई हिरासत मुक्त गरिदियो ।
अभिनेता शाहले आफूले मौखिक सहमती अनुसार लिएको पैसा फिर्ता गर्न खोज्दा नलिएको सञ्चारमाध्यमहरुमा सार्वजनिक भएसँगै निर्देशक सुर्दशन थापा भने बेचैन बनेका छन् ।
निर्देशक थापाले आफ्नो छविलाई धमिल्याउन खोजेको तर्क गर्दै सामाजिक संजालमा आएका अभिव्यक्ति र सञ्चारमाध्यममा लेखाईएका एकतर्फी समाचारप्रती गम्भीर ध्यानाकर्षण भएको सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् ।
निर्देशक थापाले लेखेका छन्, ‘कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन ब्यवहारिक र दरिलो मौखीक सहमति मै चलचित्र “रावायण“ को निर्माण कार्य अगाडी बढेको हो । बेतुक र मनमौजी अभिव्यक्ति दिएर मिडियामा सस्तो प्रचारबाजी गर्नु भन्दा नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाईबहिीनलाई मेरो ब्यक्तिगत सुझाव दिन चाहन्छु ।’
निर्देशक थापाको तर्क भने कानूनसम्मत देखिदैन । उनको तर्कलाई प्रहरीले प्रमाण मान्ने हो भने मौखिक सहमतीलाई कानूनी आधार मानेर मुद्दा दर्ता गर्न मिल्दैन ।
दशी र कागजात नै नभएको अवस्थामा अभियुक्तलाई पक्राउ गर्नु र कानूनी कठघरामा उभ्याउन एउटा भूल थियो भन्ने तर्कलाई बल पुग्ने गरि निर्देशक थापाले जसरी पनि चलचित्र खेल्नुपर्छ भन्दै कानूनको सहारा लिनु व्यावहारिक पनि देखिदैन ।
निर्देशक थापासँग मुद्दा हारेर अभिनेता अनमोल केसीले चलचित्र खेल्नु सम्भव पनि नहोला ।
निर्देशक थापाले निर्माणाधीन चलचित्रका लागि लामो समय खर्चिएको र कलाकार तथा प्राविधिकको छनौटमा समेत विशेष ध्यान दिएको स्प्रष्टिकरण दिएका छन् ।
प्रतिक्रिया