१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रदिपले अनमोललाई कटाक्ष गर्दै भने, ‘कानूनी राजको विकल्प छैन’



विवाहपुर्वको सम्बन्ध तोडिदा हो  फिर्ता लैजाउ, मलाई तिमी मनपर्न छाड्यो भन्न नहुने

१५ असोज । नेपाली रजतपटका अभिनेता प्रदिप खड्काले अर्का अभिनेता अनमोल केसीप्रति कडा कटाक्ष गर्दै कानूनी राजको विकल्प नभएको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले अभिनेता अनमोलले चलचित्र रामायण खेल्न बैना लिएको तर पछि चलचित्र खेल्न नमानेको तर्फ इसारा गर्दै ’विवाहपुर्वको सम्बन्ध तोडिदा हो  फिर्ता लैजाउ, मलाई तिमी मनपर्न छाड्यो भन्न नहुने‘ उल्येख गरेका छन् ।

उनले अनमोलको रबैयालाई उदृत गर्दै ‘विवाहओत्तर त, सुहागरात मात्र भको हो मलाई मनपरेन, अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलायर ल्याउनु हैन भने दुलही लानुस म विस्तारै दाईजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहा कुरा मिल्ला र खै ? भन्दै कडा टिप्पणी गरेका छन् ।

उनले अदालतलाई औल्याउदै चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रफ्रिको नै चल्छ भन्दै अदालतले निर्णय गर्ने अधिकार रहेको संकेत समेत गरेका छन् ।
अभिनेता प्रदिपले कानुन राजको विकल्प छैन भन्दै ‘जानाजानी र नियमित कु अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोग को मामला हुन जान्छ’ भन्दै अर्का अभिनेतामाथि कडा प्रहार गरेका छन् ।

अभिनेता प्रदिप खड्काद्वारा अभिनित चलचित्र प्रेमगीत ३ हिन्दी भाषामा डविङ गरेर भारतलगायत विभिन्न देशमा प्रर्दशनका लागि अनुमती दिने क्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले अनुमती नदिइ रोकेपछि आक्रोसित भएका थिए । बोर्डका अध्यक्ष भुवन केसीलाई आफ्ना छोरा अनमोलभन्दा अभिनेता प्रदिप अघि बढेकोमा इष्र्या लागेकोले चलचित्र रोकेको सम्मको चर्चा नेपाली रजतपटमा भएको थियो ।
पछिल्लो समय अभिनेता केसी कानूनी लफडामा फसेपछि कला जगतमा फेरि तरंगित भएको छ ।
अपराधिक विश्वासघात गरेको आरोपमा गतशुक्रबार अभिनेता केसी पक्राउ परेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको थियो ।
अभिनेता केसीले फिल्म ‘रावायण’ खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएको र फिल्म खेल्न नमानेका कारण फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असोज ८ गते उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा अभिनेता केसी पक्राउ परेका हुन् ।

यस्तोछ अभिनेता प्रदिपको भनाई :

विवाहपुर्वको सम्बन्ध तोडिदा हो तिम्रो गिफ्ट फिर्ता लैजाउ, मलाई तिमी मनपर्न छाड्यो भन्ने, विवाहओत्तर त, सुहागरात मात्र भको हो मलाई मनपरेन, अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलायर ल्याउनु हैन भने दुलही लानुस म विस्तारै दाईजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाॅ कुरा मिल्ला र खै।
वुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफुले जिते सम्झेर रमाउन त सक्लाउ, एक तिर उन्नत समाजले सामान्य मानेर दुलही स्विकार्न पनि समस्या नहोला तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको ईच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ।
खैर! चाहे १ दिन होस् वा १ दशक, चाहे कानुनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानुनले दिलाउने पनि तेहि नै हो।
५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नी!
यो पल्टको अलि गार्हो खाल्की छे भन्ने बुझ्न पर्ने ।
चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नवुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ । खेलको विचविचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौ ।
कानुन राजको विकल्प छैन ।
Updated | To whom it was hard to comprehend
Marriage (Commitment) पछि Divorce ma जेल हुन्छ जस्तो लागेन अंश (क्षतिपुर्ती) चै हुन्छ है ।
आत्मरक्षाको लागि गरेको हत्या पनि जधन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउछ ।जानाजानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोग को मामला हुन जान्छ।
Update II | Comment मा कुरा बुझ्न साह्रै गारो परेका हरुका लागि
म एउटा कलाकार र चलचित्र क्षेत्रको प्रति सरोकारवाला भएको हिसाबले के कुरामा प्रस्ट छु भने, निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुन पर्छ, निर्देशकलाई काम गर्ने स्वतन्त्रता अनि कलाकारलाई मेकरमा विश्वस्त नहुदा प्रोजेकट ईन्कार गर्ने छुट । तर सबै system मा बसेर, मनोमानि ढइ॰गले होइन । फिल्म गर्न सक्दिन भन्दा, पख तलाई देखाईदिन्छु भन्ने मेकर पनि नभेटेको होइन, गर्छु भनेर अगाडि बढ्दा कहाॅ फसे भन्ने नभाको पनि हैन तर system भन्दा वाहिर गैईएन, कोही जान हुन्न । कलाकार एउटा निमित्त मात्र हो, निर्देशक र निर्माता भन्दा माथि हैन । म कलाकार भएर यो स्विकीर्दै गर्दा निर्माता , निर्देशकहरु अनि सरोकारवाला सम्पुर्णलाई म गलत भए सच्चाई दिनु हुन अनुरोध साथै सहि भए एक्कयवद्दता जनाईदिनुहुन अपिल ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ५ : ४१ बजे