८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा एक पुरूषको शव फेला, दुई युवक पक्राउ



१५ असोज । काभ्रेमा एक पुरूषको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। आइतबार बिहान ७ः५० बजे भक्तपुर–काभ्रे सिमाना पर्ने बनेपा नगरपालिका–१ नालाको प्लटिङमा सिन्धुली मरिण गाउँपालिका–५ घर भई हाल बनेपामा बस्ने ५५ वर्षीय दुधलाल थिङको शव फेला परेको थियो।
उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २१ वर्षीय समिर राय र काभ्रे बनेपा नगरपालिका–१ का २२ वर्षीय इश्वर विक छन्।
उनीहरूलाई प्रहरी चौकी नालाको टोलीले पक्राउ गरेको हो। थिङको शरीरमा चोटपटक देखेपछि प्रहरीले हत्या भएको शंका गरी अनुसन्धान अगाडि बढाएको थियो।
जिल्ला प्रहरीका अनुसार उनीहरूले मादक पदार्थ सेवन गरेको र घर फर्किने क्रममा थिङसँग घटनास्थलमा भेट भई विवाद हुँदा रिसको आवेगमा कुटपिट गरेर भागेको स्वीकार गरेका छन्।
उनीहरूले हत्या गरेको स्वीकार गरेकाले मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।