१५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा सबईन्जिनियरलाई सोमबार काठमाडौंमा पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–ईन्जिनियर बिजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनले घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिएकी हुन् । पन्तलाई घुस रकमसहित चन्द्रागिरी नगरपालिकाकै वडा नम्बर ११ सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
१५ आश्विन २०८०, सोमबार
212
Shares
प्रतिक्रिया